Logo

बागमती पेज

भाद्र १२, २०७९ आईतबार

भोटाहिटी ‘सब-वे’माथिको अवैध संरचना भत्काइँदै


काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।

पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपचि भत्काउन लागिएको उनले बताए ।

सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ । यो स-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् ।

ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।