Logo

बागमती पेज

आश्विन ३, २०७७ शनिबार

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो


Corona Virus COVID-19

काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना छन् ।