Logo

बागमती पेज

श्रावण १०, २०७९ मंगलबार

एसईईको नतिजा नेपाल टेलिकमबाट सजिलै हेर्न सकिने


काठमाडौँ । २०७८ सालको सेकेन्डरी एजुकेशन इक्जामिनेशन एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यसका लागि टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरेर नतिजा थाहा पाउन सकिने छ । यस्तै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर स्पेस दिएर छाडी अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएर नतिजा हेर्न सकिने बताइएको छ ।

यसका साथै, नेपाल टेलिकमको वेबसाइट मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेपछि मात्रै परीक्षाफल हेर्न सकिने बताइएको छ ।