Logo

बागमती पेज

आश्विन १५, २०७७ बिहीबार

वरिष्ठ क्याप्टेन विजय लामा कोरोना संक्रमणमुक्त


काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । लामाले सामाजिक संजाल मार्फत आफू कोरोना संक्रमणमुक्त भएको जनाएका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत उनले आफूले कोरोना जित्नुमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा आफ्ना प्रशंसकहरुको महत्वपूर्ण हात रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘कोरोनामुक्त हुन म सफल भएको छु, अन्ततः अस्पतालबाट बहिरिँदा धेरै राम्रो लागेको छ। कोरोनासँगको लडाइँमा मैले एक दिन पनि हार मानिन, सम्पूर्ण दुःख र पीडाको बावजुद मैले प्रत्येक दिन कोरोनासँग लडिरहे र यसलाई हराइरहे ।’

गत भदौ २९ गते सोमबार उनलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । संक्रमण पछि भएपछि वरिष्ठ क्याप्टेन लामा ललितपुरको स्टार अस्पतालको आइसोलेसनमा बसेका थिए ।