Logo

बागमती पेज

आश्विन १६, २०७७ शुक्रबार

गल्ली-गल्लीमा नगर प्रहरी: ललितपुरमा शुरु भयो साइकल गस्ती


ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती शुरु गरेको छ । महानगरकी उपप्रमुख गीता सत्यालले एक कार्यक्रमबीच साइकल गस्तीको शुरुवात गरेकी हुन् ।

साइकल सिटीको अवधारणा अन्तरगत ललितपुरका हरेक गल्ली र बाटोमा जनताको सेवाका लागि नगर प्रहरी पुग्न सकुन् भनेर महानगरले साइकल गस्ती शुरुवात गरेको सत्यालले जानकारी दिइन् ।

ललितपुरको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले साइकल गस्तीको मद्दतले नगरबासीमा तुरुन्त सहयोग गर्न मद्दत पुर्याउने आशा व्यक्त गरे ।

हाल महानगरले नगर प्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ । उनीहरुले बिहान १० बजेदेखि ५ बजेसम्म गस्ती गर्नेछन् ।

हाछेथुका अनुसार साइकल गस्ती गर्ने नगर प्रहरीहरुलाई क्यामरा पनि दिइएको छ । क्यामराको मद्दतले उनीहरुलाई समस्या र बेथिति भएका स्थानहरुको फोटो खिचेर रिपोर्टिङ गर्न पनि सहज हुने उनले बताए ।