Logo

बागमती पेज

आश्विन १८, २०७७ आईतबार

फेसबुकमार्फत बुहारीलाई अश्लील गाली गर्ने पूर्वडिएसपीलाई ५० हजार जरिवाना


काठमाडौं । नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्कालाई साईबर अपराध मुद्दामा अदालतले ५० हजार जरिवाना हुने फैसला गरेको छ ।

खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी बुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएपछि ०७५ असोजमा महानगरीय अपराध महाशाखाले उनलाई पक्रेको थियो । भाईबुहारी समुना खड्काले उनीबिरुद्ध जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपुर्ति भराउने फैसला गरेका हुन् । खड्का नेपालञ्ज उप-महानगरपालिका–१३ का स्थानीय हुन् ।

विद्युतीय (ईलेक्टोनिक) कारोवार ऐन-०३३ को दफा ४७ (१) विपरितको कसुर र सोही ऐनको दफा ४७ (१) बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ ।

०७५ असोज ७ मा पक्राउ परेका खड्का असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए । खड्का र उनको भाई-बुहारीको बीचमा अंश मुद्दा पनि चलिरहेको छ ।