Logo

बागमती पेज

आश्विन १८, २०७७ आईतबार

विश्व भर्चुअल तेक्वान्दो महोत्सव,अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकमा छनोट


काठमाडौं । विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालका अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकका रुपमा छनोट भएका छन् ।

विश्वभरबाट ५ निर्णायक छनोट गरिएकोमा एसियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुन् । अन्य चार निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको खड्काले जनाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।

पान अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा केहि महिना अघि भएको कोभिड-१९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका मध्ये ५ उत्कृष्ट निर्णायकलाई विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि छनोट गरिएको हो ।

निर्णायकको भुमिका निर्वाह गरेवापत प्रत्येकले दैनिक १ सय अमेरिकन डलरका दरले पारिश्रमिक पाउने छन् । अनलाइन मार्फत प्रत्यक्ष हुने यो प्रतियोगितामा सहभागी हुन इच्छुकले दर्ता शुल्क वापत १ सय अमेरिकी डलर बुझाउनु पर्ने छ । युएस वर्ल्ड क्लास तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता अक्टोबर १०, ११, १७ र १८ तारिखमा हुने छ ।