Logo

बागमती पेज

आश्विन २१, २०७७ बुधबार

उपत्यकामा मात्रै १६८४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको जानकारी दिए ।

उनका अनुसार काठमाडौं जिल्लामा १२९६ ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।
यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।

आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा ३ हजार ४ सय ३९ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । गत २४ घण्टामा १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।

त्यस्तै, बुधबार १५ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।