Logo

बागमती पेज

आश्विन २७, २०७७ मंगलबार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुग्यो


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले हालसम्म ५० जनाको मृत्यु भएको जानकारी दिँदै अहिले अस्पतालमा भर्ना भएकामध्ये ५२ जना पीसीआर पोजेटिभ, ३ कोरोनाका संकास्पद बिरामी रहेको बताए ।

डा. श्रेष्ठका अनुसार हालसम्म प्रतिष्ठानको ल्याबमा ५८ हजार २२५ जनाको नमुना जाँच भएकोमा ५३ हजार ६५४ को रिपोर्ट नेगेटिभ र ३ हजार ९३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सोमबार मात्रै ६५१ जनाको परीक्षण भएकोमा २९५ जनामा कोरोना पुष्टि भएको छ ।

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ भने संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। यस्तै निको हुनेको संख्या ७७ हजार २७७ रहेको छ ।