Logo

बागमती पेज

आश्विन २७, २०७७ मंगलबार

काठमाडौं महानगरपालिका भित्र विकास निर्माणका काममा तिब्रता


काठमाडौं । काठमाडौं महानगरपालिका- १५ स्थित स्वायम्भु बुद्ध पार्क देखि परिक्रमा मार्ग हुँदै भगवान पाउ बनस्थली मार्ग र भगवान देखि बिष्णुमती झोलुङ्गे पुल सम्मको सडक ओभरल्यपिङ कार्य सम्पन्न भएको छ । परिक्रमा मार्गको पश्चिम तर्फको मङसिगाल देखि बारूदखाना सम्मको बाटो किनारमा वृक्षारोपण एंव ब्लक छाप्ने, स्वयम्भू गितामन्दिरको खाली स्थानमा ढुङ्गा छाप्ने लगाएतका कार्य भएका छन् ।

स्वयम्भू प्रहरी कार्यालय अगाडी निर्मित वाटर एटिएम लखुतिर्थ पूनः निर्माण, धुम्माखेल, जेष्ठ नागरिक मनोरजन सेवा केन्द्र भवन निर्माणको निरिक्षण नेकपा स्थायी कमिटी सदस्य पुर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय अष्ट लक्ष्मी शाक्य, प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ, महानगर प्रवक्त एवं महानगर वडा नं १५ वडाध्यक्ष ईश्वरमान डंगोल तथा  स्थानीयको उपस्थितीमा निरिक्षण गरिएको हो ।

वडाध्यक्ष ईश्वरमान ढंगोलका अनुसार उक्त निर्माणको बजेट संघिय माननीय, प्रदेश माननीय, महानगर तथा वडा नं. १५ को तर्फबाट व्यबस्था गरिएको छ । वडा नं. १५ मा सडक पार्क र सांस्कृतिक स्थलको पुनःनिर्माणले वडाको वातावरण सुन्दर र वयबस्थित देखिएको स्थानीय बताउँछन् ।