Logo

बागमती पेज

आश्विन २९, २०७७ बिहीबार

नवनियुक्त सञ्चारमन्त्री पार्वत गुरुङले गरे पदभार ग्रहण


Parbat_Gurung https://bagmatipage.com/

काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । बिहीबार अपरान्ह मन्त्री गुरुङले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्री गुरुङले कर्मचारीबाट गलत ढंगबाट सूचना दिने र सल्लाह दिने कार्य गरिएमा त्यो स्वीकार्य नहुने बताउँदै गलत मनसाय राखेर सूचना तथा सल्लाह दिनेलाई पहिचान गरेर अघि बढिने बताए ।

उनले भने, अब कुनै पनि मन्त्रालयले सूचना लुकाएर बस्नु हुँदैन । पत्रकारको काम पत्रकारले गर्नुहोला तर वानडोर सिस्टमबाट सूचना लैजानुपर्छ ।’

पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र गरिमा बढाउन लागिपर्ने बताएका छन् । उनले पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन र सञ्चार क्षेत्रमा ब्याप्त रहेको नकारात्मक परिपाटीलार्ए अन्त्य गर्दै सकारात्मक सुरुवात गर्न लागिपर्ने बताए ।