Logo

बागमती पेज

आश्विन ३०, २०७७ शुक्रबार

अनलाईन शिक्षाः आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क मोबाइल वितरण


काठमाडौं । कोभिड-१९ को असरले नेपालमा शुरु भएको बैकल्पिक शिक्षा अनलाईन मार्फत क्लास लिन समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क मोबाईल वितरण गरिएको छ ।

बूढानीलकण्ठ-१० को सभाहलमा भएको कार्यक्रममा खोटाङ जिल्लाका दुई प्रमुख नदी रावा र रेनुकाको नाममा स्थापना भएको रावा रेनुका दिदिबहिनी समूहको आयोजना र रावा दुबे शेरोफेरो समाज बेलायतको प्रायोजनमा निःशुल्क मोबाइल वितरण गरिएको हो ।

निःशुल्क मोबाइल वितरण कार्यक्रममा समूहकी अध्यक्ष दिपा गुरुङले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षाबाट बञ्चित रहेका विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको बताईन्  । बेलायतमा रहेका आफन्तहरुबाट प्राप्त सहयोगलाई उपयोग गर्दै आर्थिक अवस्था कमजोर भएका १० जना बालबालिकाहरुलाई सहयोग गरेको जानकारी दिँदै संस्थाले आगामी दिनमा विभिन्न पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।

त्यस्तै स्वागत मन्तव्य राख्दै समूहकी कोशाध्यक्ष शर्मिला गुरुङले संस्थाले सिमित श्रोतसाधनका बावजुद पनि केहि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यतामा भएको निःशुल्क मोबाइल वितरण कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका-१० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई, वडासदस्य भुवप्रसाद रेग्मी, रावा दुबे गुरुङ गूठीका अध्यक्ष युवराज गुरुङ, नेकपा बूढानीलकण्ठ -१० का अध्यक्ष जगत निरौला, जेष्ठ नागरिक समाज बूढानीलकण्ठ -१० का अध्यक्ष उद्दव दाहाल, समाजसेवी रामचन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।