Logo

बागमती पेज

कार्तिक ३, २०७७ सोमबार

डा.राजन भट्टराईद्वारा विकास निर्माणका कामको स्थलगत अनुगमन


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा पुगेका डा.भट्टराईले विकास निर्माणका अवस्था, जटिलता, समस्या र आगामी दिनमा गर्नुपर्ने सहयोगका बारेमा जानकारी लिएको नगर प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जनाकारी दिएका छन् ।

उक्त अवसरमा डा. भट्टराईले वडा नं १० कार्यालय अगाडीको सडक ढलान, आनिगुम्बा खहरे निर्माण लगायतका योजनाहरुको अनुगमन गरेका थिए । काठमाडौं क्षेत्र नं ४ मा भौतिक विकास निर्माणका साथै अन्य सामाजिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई पनि प्राथमिकतामा राखेर थप योजना ल्याउने बताउदै डा. भट्टराईले जनताको हित र माग अनुसारका योजना तय गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिका -१० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भु भट्टराई, नेकपा बूढानीलकण्ठ -१० का अध्यक्ष जगत निरौला र स्थानीय नेता तथा कार्यकर्ता लगायतले विभिन्न विकास निर्माणका कामको स्थलगत अनुगमन गरेका हुन् ।