Logo

बागमती पेज

कार्तिक ४, २०७७ मंगलबार

बागमती प्रदेशका ८ अस्पतालमा कोरोनाको निःशुल्क उपचार


काठमाडौं । बागमती प्रदेश मातहतका ८ वटा अस्पताल र आईसोलेशनहरुमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको प्रदेशले जनाएको छ ।

बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुली जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल, सिन्धुपाल्चोकको जिल्ला अस्पताल र ती अस्पतालद्वारा संचालित आईसोलेशन र अन्य स्थानीय तह मार्फत सहकार्यमा संचालित थप १५ वटा आईसोलेशनमा कोरोना संक्रमितहरुको उपचार निःशुल्क भइरहेको हो ।

प्रदेश सरकारद्वारा संचालित प्रयोगशालामा कोरोना परीक्षण समेत निःशुल्क भैरहेको बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् ।