Logo

बागमती पेज

कार्तिक १६, २०७७ आईतबार

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु  


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको  मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको हो ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेका छन् । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा २९, बागमती प्रदेशमा ५ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा १ हजार ३१ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा २ सय ८, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा ५५ जना गरी ६ हजार ७ सय ७९ रहेका छन् ।