Logo

बागमती पेज

कार्तिक २०, २०७७ बिहीबार

निःशुल्क खाना खुवाउन निरन्तरता दिन युवा नेता गगन थापाको आग्रह


नेपाली काँग्रेसका युवा नेता गगन थापाले निःशुल्क रुपमा गरिव दुःखीहरुको लागी निःशुल्क वितरण गरिने खाना खुवाउने कार्याक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

महानगरले आफ्नो इज्जत गएको साथै विकृति बढेको भन्दै यो अभियान रोक्न नगरप्रहरी प्रयोग गरेको थियो । नगरप्रहरीले अवरोध गरे पछि रोकिएको यो अभियान पुनःसुरु भएको छ ।

आफ्नो सामाजिक सञ्जालमार्फत नेता थापाले यो अभियानलाई आज सम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।