Logo

बागमती पेज

कार्तिक २०, २०७७ बिहीबार

सक्नेले श्रम गर्नुपर्छ, नसक्नेलाई महानगरपालिकाले व्यवस्थापन गर्छ: प्रमुख शाक्य


काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थि तगर्ने बताएको छ । आज पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो बताएका हुन् । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौँ महानगरपालिकाको नीति नै हो ।

अरु सबैको आसय पनि कोही भोको नपरुन भन्ने नै हो,’ शाक्यले भने, ‘अहिले काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई हामी छिटै व्यवस्थित गर्छौ ।’

उनले काठमाडौँ महानगरवासीको स्वस्थ्य जीवनप्रति काठमाडौँ महानगरपालिका सम्वेदनशील रहेको भन्दै उनले जिम्मेवार ढंगले त्यसका व्यवस्थापनमा लाग्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन । ‘ हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ,’ उनले भने , ‘ समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ काठमाडौँ महानगरपालिकासँग समन्वय गर्न विनयपूर्वक आग्रह गर्न चाहन्छ । त्यसका लागि तपाईँहरुले खुलामञ्च होइन पार्टी प्यालेसलगयतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्नुहोला ।

काठमाडौँ महानगरपालिका पार्टी प्यालेसको भाडा व्यहोर्न तयार छ । सक्नेले श्रम गर्नुपर्छ । खुलामञ्चमै खाना खुवाउन पाउनुपर्छ भनेर कसैले पाखुरा सुर्किनु पर्ने आवश्यक छैन । हामी जिम्मेवार पूर्वक ढंगले व्यवस्थापन गर्न तयार छौँ,’ उनले भने , ‘कोही पनि भोको नरहने गरी हामी सम्वन्धित नियकायसँग पनि समन्वय गरी रहेका छौँ ।’ उनले लकडाउन अवधिभर काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको पनि स्मरण गराए ।

श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न भन्दै काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भने ।