Logo

बागमती पेज

पुस ३, २०७७ शुक्रबार

सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली हट्यो


काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली हटेको छ ।

सार्वजनिक यातायातमा यात्रुको भीड बढ्न थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यातायातकर्मी, व्यवसायी र यात्रुहरुले पछिल्लो समय सार्वजनिक यातायातमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै आएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले आजबाट लागू हुनेगरी सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।

सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।