Logo

बागमती पेज

कार्तिक २१, २०७७ शुक्रबार

फिक्कलको ‘उद्धव स्मृती पार्क’ निर्माण सम्पन्न


सिन्धुली । फिक्कल गाउँपालिका वडा नं ५ स्थित ‘उद्धव स्मृती पार्क’को निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न नमुना पार्क उद्घाटनको अन्तिम तयारीमा रहेको छ ।

फिक्कल-५ का तथा वडाध्यक्ष गाउँपालिका प्रवक्ता राजु बरालका अनुसार फिक्कल गाउँपालिकाको १९ लाख ५० हजार र संघिय सांसद कोषको १४ लाख गरी कुल ३३ लाख पचास हजार बजेटमा पार्क निर्माण सम्मपन्न गरिएको हो ।

निर्माण सम्पन्न पार्क भित्र एउटा सानो पोखरी, छत सहितको प्रतिक्षालय, स्टेज, चाईनिज दुबोको गार्डेन तथा बस्ने चौतारो लगायतका सम्रचनाहरु रहेका छन् ।