Logo

बागमती पेज

कार्तिक २२, २०७७ शनिबार

नेपाल लाइफ इन्स्योरेन्स कोटेश्वरद्वारा घातक रोगको दावी भुक्तानी


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालयबाट बीमित तारामान राईलाई यही कार्तिक २१ गते घातको रोगको दावी भुक्तानी गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्र मान तुलाधरले बीमित राईलाई घाटक रोग बीमा गरे वापतको बीमा रकम रु. ५ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बीमित राईले २०१९-०४-१० मा ५० बर्षको उमेर घातक रोग रु.५ लाखको बीमा गरे वापत बार्षिक किस्ता रु. ६ हजार १४० पर्ने गरी बीमा गराएका थिए ।

वार्षिक २ किस्ता तिरीसकेका बिमित राइलाई एक्कासी घाँटिमा Nasopharynx को क्यान्सर प्रमाणित भएको थियो । कम्पनीमा क्यान्सर रिपोर्ट पूर्ण रुपमा प्रमाणित भए उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख ज्ञानेन्द्र मान तुलाधरले जानकारी दिए ।

सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे । रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता मनिकुमार कुलुङ र कम्पनीमा कार्यरत कर्मचारी शर्मिला कर्णलगायतको उपस्थिति रहेको थियो ।