Logo

बागमती पेज

कार्तिक २३, २०७७ आईतबार

दिले जैसी स्मृति प्रतिष्ठानद्वारा शुभकामना आदानप्रदान सम्पन्न


काठमाडौं । दिले जैसी स्मृति प्रतिष्ठान पन्चदेवल विनायक नगरपालिका अछामको आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघिय सांसद यज्ञ बोगटी, बिशेष अतिथि प्रदेश सभा सदस्य दुर्गा कुमारी बिक, पार्टीका नगर इन्चार्ज राम बहादुर बिक लगायतका अतिथिहरुले शुभकामना मतब्य राखेका थिए ।

अतिथिहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको जोखिमलाई ध्यानमा राख्दै चार्डपर्वहरु मनाउन आग्रह गरेका थिए भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष उपेन्द्र बहादुर शाहिले गरेका थिए ।