Logo

बागमती पेज

कार्तिक २४, २०७७ सोमबार

देशभर थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ८१ प्रतिशत


काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १७९८ जना निको समेत भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित १ लाख ९७ हजार २४ जना कोरोना संक्रमित हुँदा १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ । यसैगरी हालसम्म कोरोनाबाट ११२६ जनाको मृत्यु भएको छ भने बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ भने क्वारेन्टाइनमा ९६७ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ जना रहेका छन् ।