Logo

बागमती पेज

कार्तिक २५, २०७७ मंगलबार

थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु


बितेको २४ घण्टामा देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् । यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।

यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११४८ पुगेको मन्त्रालयको जनाएको छ ।