Logo

बागमती पेज

मंसिर १, २०७७ सोमबार

प्रधानमन्त्री ओलीले लगाए बहिनी कौशल्याको हातबाट भाइटीका


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन् ।

कोइराला आफ्ना दाजु तथा प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिन बालुवाटार पुगेकी थिइन्  ।
कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला पहिरियाइदिएकी थिइन् भने सगुन पनि दिइन् । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कोइरालाले टीका लगाइदिएकी थिइन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले बहिनीलाई पनि सप्तरंगी टीका र मालाका साथै दक्षिणा प्रदान गरेका थिए ।  कोरोनाको असहज परिस्थितिका कारण ओलीका अरु दिदीबहीनी भाइटीकामा सरिक भएनन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्छन् ।