Logo

बागमती पेज

मंसिर २, २०७७ मंगलबार

पार्टी एकता अप्ठ्यारोमा छ: परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपाका नेता प्रदीप ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

नेता ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको तर एकताको रक्षा गर्ने प्रयास पनि जारी रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता ज्ञवालीले पार्टीभित्र देखिएका संकटका बादलहरु हटेर जाने अपेक्षा समेत गरेका छन् । उनले भनेका छन्ः ‘पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् ।’

नेता ज्ञवालीले पार्टीका नेता र कार्यकर्ताहरुलाई नीतिगत बहस गर्न आग्रह गर्दै आरोप प्रत्यारोप नगर्न समेत अनुरोध गरेका छन् । उनले भनेका छन्ः ‘कमरेडहरूलाई आग्रह छ, नीतिगत बहस गरौँ, आरोप प्रत्यारोप नगरौँ ।’ कम्युनिष्ट आन्दोलनलाई डुंगाको उपमा दिँदै मन्त्री ज्ञवालीले अहिले आरोप प्रत्यारोप गर्नेहरु सबै भोलि कुनै घुम्तीमा जम्काभेट हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

मन्त्री ज्ञवालीले भनेका छन्, ‘एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।