Logo

बागमती पेज

मंसिर ५, २०७७ शुक्रबार

छठ साझा पर्वका रूपमा विकास हुँदै गएको छ: मुख्यमन्त्री पौडेल


dormani_poudel

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन् ।

छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

“नेपालीहरुको महान् चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । “हिन्दूशास्त्रानुसार सूर्यलाई आदिदेव अर्थात् प्रथम देवताका रूपमा मानेर पुज्ने प्रचलन रहेको छ । संसारमा चलिआएका हरेक धर्म परम्पराहरुले सूर्यलाई जीव अस्तित्वको कारकका रूपमा स्वीकार गरेको पाइन्छ ।

https://subisu.net.np/

ताप, राप, प्रकाश र ऊर्जाको पहिलो स्रोत सूर्यदेवको आराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठपर्व मधेशीको मात्र नभई आम नेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको छ । यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।