Logo

बागमती पेज

मंसिर १५, २०७७ सोमबार

आज सबै स्थानीय तहमा १५ श्ययासम्मको आधारभूत अस्पताल शिलान्यास हुँदै


काठमाडौं । सबै स्थानीय तहमा १५ श्ययासम्मको आधारभूत अस्पताल आज शिलान्यास हुदैछ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सबै स्थानीय तहलाई अस्पताल शिलान्यास गरेर काम शुरु गर्न निर्देशन समेत दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको चितवनमा शिलान्यास गर्नेछन् । ४०३ स्थानीय तहमा शिलान्यास हुने अस्पतालमा सात वटा सरुवा रोग अस्पताल रहेको छ भने ३ सय ९६ आधारभुत्त अस्पताल रहेको छ । अर्थमन्त्रालयले अस्पताल निर्माणका लागि बजेट समेत पठाइसकेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कात्तिक ३ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग अर्थमन्त्रालयमै छलफल गरी मंसिर १५ गते सबै स्थानीय तहमा ५ देखि १५ श्ययाको अस्पतालको एकैपटक शिलान्यास गर्ने निर्णय गरेका थिए । सरकार अहिले त्यही निर्णयको कार्यान्वयन गराउन लागिपरेको हो । सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको छ । सो सन्दर्भमा निर्माण गरिने ती अस्पतालहरूको डिजाइन स्वास्थ्य मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने र सबै पालिकामा अस्पताल भवनको शिलान्याश हुनेछ ।

अर्थले सो कार्यका लागि ५७ अर्ब ६७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी सहमति दिएको थियो । दुइ वर्षभित्र निर्माण कार्य सक्ने गरी बहुवर्षीय ठेक्का प्रकृया अगाडि बढाउन अर्थले अनुमति दिएको छ । आधारभूत अस्पताल निर्माणका लागि अर्थले यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।