काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ५ बिष्णुमति बस पार्क नजिकै खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन्।
पुरानो झै-झगडा तथा बादबिबाद र आफ्नो श्रीमती संग बसेर रक्सी खाएको निहुँमा ३५ वर्षीय राजकुमार तामाङलाई बूढानिलकण्ठ नगरपालिका –३, नयाँचोक बस्ने ४८ वर्षीय विष्णु तिवारीले खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका हुन्।
ज्याला मजदुरी गर्दै आएका तामांग र तिवारी विच मादक पदार्थ सेवन पश्चात झगडा हुँदा खुकुरी प्रहार भएपछी घटना स्थल पुगेको प्रहरीले खुकुरी प्रहार गर्ने तिवारीलाई पक्राउ गरेको थियो।
घाइतेको औंला र टाउकोमा गंभिर चोट लागेका तामांगलाई बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि हाल उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको बूढानीलकण्ठ प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक राज कुमार तामाङले जानकारी दिएका छन्।
तपाइँको प्रतिक्रि

 
                            

 
            











 
             
             
             
            
प्रतिक्रिया दिनुहोस्