Logo

बागमती पेज

मंसिर १७, २०७७ बुधबार

पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ को मृत्यु, थपिए १३ सय ४ संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै देशभर दुई हजार ७३ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभर १५ हजार ३ सय २९ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २१ संक्रममितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको कुल संख्या १५ सय २९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार पाँच सय ८३ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख ४६ हजार ३ सय ३० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।