Logo

बागमती पेज

मंसिर १८, २०७७ बिहीबार

बूढानीलकण्ठ -१ फुलवारी कोलोनी सडक ढलान, अध्यक्ष लामाद्वारा अनुगमन


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका -१ को फुलवारी कोलोनी बाटो ढलानको काम सम्पन्न भएको छ। वडा नं १ मा रहेको सो कोलोनीको सडक ढलानको अनुगमन वडा नं  १ का अध्यक्ष सुरेन्द्र लामा, सदस्य नवीन श्रेष्ठ  र नगरपालिकाका ईन्जिनियर लगायतले गरेका थिए।

उक्त बाटो ढलान अनुगमन गर्दै वडाध्यक्ष लामाले वडाका अन्य स्थानमा पनि सडक पूर्वाधारको काम तीव्रताका साथ भैरहेको जनाएका छन् ।

वडा नं १ मा पर्यटन प्रवर्धनका लागि विशेष योजनाको तयारीमा रहेको जानकारी दिदै अध्यक्ष लामाले विकास अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।