Logo

बागमती पेज

मंसिर १८, २०७७ बिहीबार

बौद्धमा आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत


काठमाडौं । बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको कार्कीले बताए । राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशका गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बस्दै आएको घरमा किराना पसल सञ्चालन राखेका थिए । बिहान घरबेटी सामान लिन जादा समेत अबेरसम्म नउठेपछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आएर कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुबा छट्पटाइरहेको अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए ।

‘राति सुत्दा उनीहरुले क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेका रहेछन्,’ डीएसपी कार्कीले भने, ‘झ्यालढोका सबै बन्द रहेछ । कोठामा भेन्टिलेसन समेत रहेनछ ।