Logo

बागमती पेज

मंसिर १८, २०७७ बिहीबार

लामो समय पछि बूढानीलकण्ठ मन्दिर-मुहान पोखरी सडकको कालोपत्रे शुरु, स्थानीय बने उत्साहित


काठमाडौं । ठेक्का लागेको वर्षौ पछि बूढानीलकण्ठ मन्दिर-मुहान पोखरी सडक कालोपत्रे शुरु भएको छ। बूढानीलकण्ठ मदिर बाट मुहान पोखरी जाने सो सडक ठेकेदारको लापरवाहीका कारण लामो समय देखि निर्माणाधीन रहेको थियो।

शिवपुरी-नागार्जुन रास्ट्रिय निकुन्ज जाने मूल बाटोका रुपमा रहेको सो सडक निर्माणका लागि भन्दै ठेकेदारले खनेर छोड्दा सो क्षेत्रका स्थानीयहरु निकै पिडित बनेका थिए ।

कुनै घटना, दुर्घटना र विषम परिस्थिति पर्दा समेत यातायात नगएर निकै सास्ती खेपेका सो क्षेत्रका स्थानीयहरु सडक कालोपत्र शुरु भए संगै हर्षित भएका छन् ।

नगरपालिकाको मूल सडकका रुपमा रहेक सो सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर ढिलाई हुँदा स्थानीय र जनप्रतिनिधिहरुले पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए।

उक्त सडक कालोपत्रे भए संगै निकुन्ज आवतजावतमा सहज हुने र  सो क्षेत्रमा व्यवसायिक र पर्यटकीय गतिविधि बढ्ने भन्दै स्थानीयहरुले खुसि व्यक्त गरेका छन् ।