Logo

बागमती पेज

मंसिर २२, २०७७ सोमबार

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ६९ लाख


एजेन्सी । विश्वमा हालसम्म छ करोड ६९ लाख १९ हजार २१६ जना व्यक्तिमा कोभिड–१९ देखा परेको छ । निको हुनेको सङ्ख्या चार करोड ६२ लाख ९४ हजार ३०६ रहेको छ । गत बिहीबारदेखि आजसम्म २९ हजार ८८९ जनामा पिसिआर परीक्षण भएको छ । यसमध्ये चार हजार ४३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सात हजार ६४४ जना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन् । सोही अवधिमा सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको छ । अहिले देशैभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५८२ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ४९५ नमूना परीक्षण गर्दा थप एक हजार ९६ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको जानकारी दिए । काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा ६९, ललितपुरमा ७४ र काठमाडौँमा ३५१ गरी जम्मा ४८४ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा एक हजार ७५२ जना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २५ हजार ८०५ पुगेको छ । यसमध्ये प्रदेश १ बाट २६ हजार ४७७, प्रदेश नं २ बाट १९ हजार ८९२, बागमती प्रदेशबाट एक लाख २३ हजार ४७४, गण्डकी प्रदेश १३ हजार ६१७, लुम्बिनी प्रदेश नं चार हजार ७७९, कर्णाली प्रदेश छ हजार आठ र सुदूरपश्चिम प्रदेशबाट ११ हजार ५४८ जना छन् । हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ९३।७ प्रतिशत छ । हाल ३१३ जना कोभिडको बिरामी आइसियुमा उपचाररत छन् । पचपन्न जना सङ्क्रमित भेन्टिलेटरमा छन् ।