Logo

बागमती पेज

मंसिर २४, २०७७ बुधबार

बूढानीलकण्ठ नगरपालिकामा नागरिक संवाद सम्पन्न


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा नागरिक संवाद सम्पन्न भएको छ । बूढानीलकण्ठ नगरपालिकाले कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि गरेका कामहरु र आगामी दिनका योजनाहरुका वारेमा छलफल गरिएको उक्त कार्यक्रमको आयोजना बूढानीलकण्ठ संवाद चौतारीले गरेको थियो।सोच नेपालको संयोजनमा भएको सो कार्यक्रममा एक्सन एड र एफ एच आइको सहयोग रहेको थियो।

बूढानीलकण्ठ नगरपालिमा भएका विभिन्न सार्वजनिक र सामुहिक सरोकारका विषयहरुमा नियमित संवाद गर्दै आएको संवाद चौतारीले दोश्रो शृंखलामा कोभिड -१९ मा केन्द्रित रहेर छलफल गरिएको थियो।

उक्त कार्यक्रममा स्वास्थ्य शाखाकी तुलसा देवी अधिकारीले कोरोना संक्रमणको अवस्थाका वारेमा जानकारी दिएकी थिइन् भने मानव अधिकारका लागि महिलाकी संस्थापक अध्यक्ष लिली थापाले राहत र समाजसेवामा जनताको सेवामा खेल्नु पर्ने भूमिकाका वारेमा आफ्नो धारणा राखेकी थिइन।

त्यस्तै स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. प्रदिप ज्ञवालीले कोरोना खोप र त्यसको व्यवस्थापनमा स्थानीय तहको भूमिकाका वारेमा सुझाव प्रदान गरेका थिए भने प्रा.डा. शिव कुमार राईले सचेतना र स्वास्थ्य सुरक्षा मापदण्डका वारेमा आफ्नो धारणा राखेका थिए।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत बैकुण्ठ सापकोटाले कोरोना प्रकोपले विश्व राजनीति र सामाजिक क्षेत्रमा पार्ने प्रभावका वारेमा जानकारी दिएको संवाद चौतारीमा नगर प्रमुख उद्दव खरेलले नगरपालिकाका आगामी कार्य योजनाका वारेमा प्रस्ट पारेका थिए।

कार्यक्रममा सहभागीहरुलाई गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलले धन्यवाद ज्ञापन गरेका थिए।