Logo

बागमती पेज

मंसिर ३०, २०७७ मंगलबार

काठमाडौं महानगरपालिकाका पाँच वडा अध्यक्षलाई ‘स्थानीय सेवा गौरव पदक’


काठमाडौं । काठमाडौं महानगरपालिकाले  महानगर दिवसका अवसरमा  ५ जना जनप्रतिनिधिलाई ‘स्थानीय सेवा गौरव पदक’ बाट सम्मानित गरेको छ।

वि. सं. १९७६ पुष ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा भएको काठमाडौं महानगरपालिकाले प्रदान गर्ने ‘स्थानीय सेवा गौरव पदक’ यस वर्ष वडा नं १, ३ ,२७, २९ र ३० का जनप्रतिनिधिले प्राप्त गरेका छन् ।

काठमाडौं महानगरवासीलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्दै महानगरको शुसासनमा योगदान पुर्याए बापत महानगरपालिकाले वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं ३ का अध्यक्ष दिपक केसी, वडा नं १९ का अध्यक्ष  शशीलाल श्रेष्ठ, वडा नं २७ का अध्यक्ष  चिनियामान बज्राचार्य र वडा नं ३० का अध्यक्ष दल बहादुर कार्कीलाई पदक प्रदान गरेको हो ।