Logo

बागमती पेज

पुस २, २०७७ बिहीबार

६५८८ को परीक्षण गर्दा ७७६ जनामा संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९५८० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४९ पुगेको छ ।