Logo

बागमती पेज

पुस ५, २०७७ आईतबार

योगदान राष्ट्रको लागि प्रथामिक उपचार तालिम तथा प्रथम स्वयंसेवक भेला सम्पन्न


काठमाडौं । योगदान राष्ट्रका लागि संस्थाको आयोजनामा प्रथामिक उपचार हाम्रो सरोका भन्ने नाराका साथ प्रथामिक उपचार तालिम तथा प्रथम स्वयंसेवक भेला सम्पन्न भएको छ ।

प्रथामिक उपचार सम्बन्धी ज्ञान र सिप देशका हरेक नागरिलाई पुगोस् भन्ने उदेश्यका साथ योगदान राष्ट्रका लगि संस्थाले १० दिने प्रथम राष्ट्रिय स्वयंसेवक भेला ओम समाज डेण्टलको सभाहलमा भएको थियो । भेलामा देशका बिभिन्न २७ जिल्लाका १२६ जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षक तथा संस्थाका अध्यक्ष ओम उप्रेतीले नेपालका सबै स्थानीय तह सम्म प्रथामिक उपचार सम्बिन्ध तालिमको पहुँच पुर्याउन सक्दो प्रयास गरेको बताए ।

पौष १ गते देखि भएको शुरु भएको पहिलो चरणको तालिम ५ गते सम्पन्न भएको छ भने दोश्रो चरणको तालिम पौष ६ बाट १० गते सम्म संचालन गरिने आयोजकले बताएको छ । यस अघि संस्थाका अभियानता ओम उप्रेतीको व्यक्तीगत खर्चमा देशका ४६ जिल्लामा निःशुल्क प्रथामिक उपचार तालिम संचालन गरिएको थियो ।