Logo

बागमती पेज

पुस ८, २०७७ बुधबार

बूढानीलकण्ठको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ ।

बूढानीलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निणर्य गरेको थियो । करिव २ दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ बाट लोकप्रिय मत सहित विजयी बनेकी थिइन् ।

नगरपालिकाको स्वास्थ्य, शिक्षा, धर्म संस्कृति, बालबालिका, महिला तथा जेष्ठ नागरिकहरुका विभन्न मुद्दा तथा सरोकारका विषयहरुमा नीति निर्माण, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयन जस्ता महत्वपूणर् जिम्मेवारी बहन गर्नुपर्ने सो समितिमा संयोजक ढकाल संगै वडा नं ४ का वडाध्यक्ष राजु खड्का, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका छन् ।

केवल भौतिक विकासले मात्र सम्पूणर् विकासको मापन नहुने र यसमा सामाजिक विकासको निकै महत्वपूणर् भूमिका रहने बताउँदै ढकालले नगरपालिकाले दिएको जिम्मेवारीलाई नगरवासीको हितमा केन्द्रित राखेर पुरा गर्ने प्रतिवदत्ता व्यक्त गरेकी छन् ।

सामाजिक विकास समितिको क्षेत्र र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा निकै फराकिलो र गहन भएकोले यस संग सम्बन्धित सबै सरोकारवाला पक्षहरुको सहभागिता र सुझाव समेट्दै ठोस कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने बताएकी छन् ।