Logo

बागमती पेज

पुस ८, २०७७ बुधबार

रोटरी क्लब अफ बौद्धको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । रोटरी क्लब अफ बौद्धको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको नियमित जनहितकारी कार्यक्रम अन्तरगत शुक्रबार बौद्धमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ३० जनाले रक्तदान गरेको क्लवका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिए । कोभिडको समयमा रगत अभावका कारण मानिसहरु समस्यमा परेकाले रोटरी क्लबले रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेको अध्यक्ष शेर्पाले बताए । कार्यक्रममा क्लवका पदाधिकारी र स्थानीयको उत्साहजनक सहभागिता थियो ।