Logo

बागमती पेज

पुस १०, २०७७ शुक्रबार

काठमाडौं क्षेत्र नं. ५ मा नेकपा अगुवा कार्यकर्ता भेला हुँदै


काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता भेला हुने भएको छ ।

पुस ११ गते सनिबार दिउसो १ बजे सिमा पार्टी प्यालेस बसुन्धरामा हुने भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।

सो भेलामा काठमाडौं क्षेत्र नं. ५ मा रहेका काठमाडौं महानगरका ४, बूढानीलकण्ठका ५ र टोखा नगरपालिकाका ६ वटा वडाका नेता तथा कार्यकर्ताहरुले सहभागीता जनाउने छन् ।