Logo

बागमती पेज

पुस १०, २०७७ शुक्रबार

पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, बागमतीको नयाँ मुख्यमन्त्रीमा शाक्य प्रस्तावित


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ ।

सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो प्रदेशमा नेकपाका ८० सांसद छन् । आजै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।