Logo

बागमती पेज

पुस १६, २०७७ बिहीबार

गुर्जुधारामा टिपरले ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभास गमाल छन् । उनीहरुलाई थानकोटबाट कंलकी जाँदै गरेको टिपरले ठक्कर दिएको हो । लामा र गमालको शरीर क्षतविक्षत भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठकाअनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले  बताए ।