Logo

बागमती पेज

पुस १७, २०७७ शुक्रबार

फिक्कलद्वारा विद्यालयलाई निःशुल्क कम्प्युटर वितरण


सिन्धुली । फिक्कल गाउँपालिका-२ को सुम्नाम सुन्तले चण्डिभञ्ज्याङलाई निःशुल्क कम्प्युटर वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, पालिका प्रवक्ता राजु बराल तथा वडा नं. २ का अध्यक्ष शंकर भण्डारीद्वारा विद्यालयलाई प्रयोगशालामा आवश्यक पर्न्ने सामग्री वितरण गरिएको हो ।

१० थान ल्याप्टप, एक थान प्रोजेक्टर, १ थान प्रीन्टर, ३ किलो वाट सोलार, ५ थान ह्वाईट बोर्ड, ईनटरनेट जडानका सामग्री लगायतका अन्य स्टेसनरी समेत हस्तान्तरण गरिएको प्रवक्ता राजु बरालले बागमती पेजलाई जानकारी गराए । सोलार स्कुल तथा गाउँपलिकाको सहयोगमा फिक्कलका १५ वटा विद्यालयमा यस किसिमका कार्यक्रम हुँदै छन् ।

कम्प्युटर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले सोलार स्कुलको विशेष सहयोग रहेको जानकारी गराउँदै गाउँपालिकाका विद्यालयलाई प्रविधिमैत्री बनाउने धारण राखे । अध्यक्ष कार्कीले वितरण गरिएका सामग्रीको सहि तरिकाले सदुपयोग गर्न समेत अनुरोध गरेका थिए ।

यो पनि पढ्नुहोस्:
कम्प्युटर शिक्षाबाट विद्यार्थी वञ्चित हुनु हुँदैन: प्रवक्ता बराल

त्यसैगरी उपाध्यक्ष सुनुवारले भनिन्, सूचना प्रविधिको युगमा फिक्कल केही पछाडी परेको छ, आगामी दिनमा फिक्कल भित्र रहेका सम्पुणर् विद्यालयमा कम्प्युटर लगायतका सामग्री प्रदान गर्ने योजना ल्याउने छौं । हाल मावि र निमाविमा मात्र प्रविधि शिक्षा रहेको बताउँदै आगामी दिनमा प्रावि तह सम्म कम्प्युटर शिक्षा सिकाउन आवश्यक रहेको समेत उनले बताईन् ।

प्रवक्ता बरालले विद्यालयलाई प्रविधिसँग जोड्न आफू हरपल लागि परेको बताउँदै विभिन्न किसिमका संघ-संस्थासँग सहकार्य गरी फिक्कल भित्र बाँकी रहेका विद्यालयहरुलाई कम्प्युटर र अन्य प्रविधिसँग जोड्न सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

फिक्कल-२ वडाध्यक्ष शंकर भण्डारीले ग्रामिण भेगका विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिका र सोलार स्कुलको साझेदारीमा वितरण गरिएको बताए । उनले आफ्नो वडामा भएका विद्यालयमा यस किसिमका कामलाई निरन्तरता दिन लागिपर्ने जानकारी गराए ।

श्री माध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डिभञ्ज्याङका प्रधानाध्यापक टेक बहादुर थापाले विद्यालयलाई विभिन्न सामग्री प्रदान गरेकोमा फिक्कल गाउँपालिका तथा सोलार स्कुललाई धन्यवाद व्यक्त गर्दै कम्प्युटर प्रयोगशालाको उचित रुपमा सदुपयोग गर्ने बताए ।