Logo

बागमती पेज

माघ ११, २०७७ आईतबार

बूढानीलकण्ठका कर्मचारी प्रति जनप्रतिनिधिको गुनासो…


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाका कर्मचारीहरुले नटेरेको गुनासो गरेका छन् । सोच नेपाल नामक गैर सरकारी संस्थाले नगरपालिकाको सुशासनको अवस्थाका बारेमा गरेको स्थलगत अध्ययनमा जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् ।

बूढानीलकण्ठमा सोच नेपालले संचारकर्मीहरु संगको गरेको अन्तरक्रिया कार्यक्रममा अध्ययनको निस्कर्ष प्रस्तुत गर्दै अधिकांश कार्यालयमा कर्मचारीहरुले जनप्रतिनिधिहरुले दिएको काममा उदासिनता देखाउदै ढिला शुस्ती गर्ने गरेको पाइएको जानकारी गराईएको छ ।

अन्तरक्रिया कार्यक्रममा सोच नेपालका जिल्ला कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले नगरपालिकाका अधिकांश वडाहरुमा नागरिक बढापत्र नराखिएकोले सेवाग्राहीहरुले निकै शास्ती पाएको बताउँदै सार्वजनिक विद्यालयहरुको अवस्थामा समेत निकै नाजुक भेटिएको जानकारी दिएका छन् ।

त्यस्तै उक्त स्थलगत अध्ययनमा सहभागी गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलले सरकारी विद्यालयका शिक्षकहरुमा कामचोर प्रवृति देखिएको बताए । उनले धेरै विद्यालयमा हाजिर गरेर विद्यार्थी पढाउनुको साटो व्यक्तिगत काममा हिडेको भेटिएको समेत जानकारी दिए ।

बूढानीलकण्ठ नगरपालिका स्वास्थ्य, योजना, लेखा, प्राविधिक जस्ता शाखा र वडा कार्यालयका कर्मचारीले सेवाग्राही प्रति गर्ने व्यवहार र सेवा प्रवाहमा हुने ढिलाईले जनप्रतिनिधिहरुको कार्य सम्पादनमा अशर पारेको बताउँदै उनले संचार मध्यमहरुलाई आकस्मिक अनुगमन, सुचना प्रवाह र खबरदारीका लागि आग्रह गरे ।

बूढानीलकण्ठ नगरपालिका प्रमुखले आफ्नो मूल नाराका रुपमा सुशासनलाई सपथ खाएको पहिलो दिन देखि नै राखे पनि नगरपालिकामा शक्ति र श्रोतको लामो समय देखि दुरुपयोग गरेर गन्हाउदा पनि झन् जरो गाढेर बसेको संचारकर्मीहरुको सो अन्तरक्रियामा चर्चा चलेको थियो ।

नगरपालिकाका कर्मचारीहरुको लापरवाही र अनावस्यक तुजुक बढ्नुमा केहि स्थानीय नेता, जनप्रतिनिधि र नगरपालिकाका विभिन्न सल्लाहकारहरुले न्यानो गरि काखी च्याप्नु रहेको एक संचारकर्मीको विश्लेषण रहेको थियो ।

विकास योजनाको इस्टिमेट, लागत अनुमान, अनुगमन, योजना सम्पन्न स्थलगत अध्ययन, बिल भरपाई पास, वडा कार्यालयको सेवा प्रवाह,योजना स्वीकृत, जग्गा विकास सिफारिस जस्ता महत्वपूणर् काममा कर्मचारीहरुको अदृश्य दादागिरीले आजित बनेर जनप्रतिनिधिहरुले पनि उनीहरुकै तालमा चाल मिलाउन थालेको अनुभव भएको भन्दै अन्तरक्रियामा सहभागी अर्का संचारकर्मीले सेटिंग नमिल्दा फाइल हराउने पिडितहरुको ठुलो शंख्या नगरपालिकामा रहेको भन्दै दुःख व्यक्त गरेका थिए ।

काम गरेर भन्दा चलेर तलव बुझ्न माहिर केहि कर्मचारीहरुले त जनप्रतिनिधि भनेको ५ वर्षलाई तर कर्मचारी भनेको त ६० वर्षलाई भन्दै ओठे जवाफ लगाउँदा समेत नसिहत वा कारवाही गर्न सक्नु नगरपालिकाको सुशासन समितिको गम्भीर कमजोरी रहेको बताए ।

एक स्थानीय संचारकर्मीले अवका दिनमा संचार माध्यमले नगरपालिका बाट आर्थिक लाभको आशा गरेर चक्कर काट्नु भन्दा बेतिथीका मुद्दालाई कट्टर र दरिलो रुपमा उठाउन एकमत हुनुपर्ने धारणा राखे ।