Logo

बागमती पेज

माघ १६, २०७७ शुक्रबार

सांसद जीवनराम श्रेष्ठद्वारा ढुङ्गेधारा समुद्घाटन


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु चौतारामा दलु लवंहिति (ढुङ्गेधारा) उद्घाटन गरिएको छ । विहिबार एक कार्यक्रमकाबीच सांसद जीवनराम श्रेष्ठद्वारा ढुङ्गेधारा समुद्घाटन गरिएको हो ।

स्थानीयको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख बजेट बिनियोजन गरिएको थियो । लवंहिति हनुमान ढोका विश्व सम्पदादेखि स्वयम्भू विश्व सम्पदासम्म जाने सम्पदा मार्गमा पर्दछ । बजेटबाट ढुङ्गेधाराको पुनः निर्माण तथा नव जागृति क्लब खेल मैदानमा स्नान गृह र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

सांसद जीबनराम श्रेष्ठले काठमाडौंलाई सांस्कृतिक शहर बनाउनुपर्ने र यहाँको पहिचान कायम गर्न र पर्यटन उद्योगको बिकासको लागि आफुले हनुमानढोका बाट स्वयम्भू सम्मको बाटोलाई सम्पदामार्ग बनाउने योजना अगाडि बढाउने कार्य भैसकेको यो कार्य पनि यसको अंगको रूपमा विकास गरिने भन्दै अन्य बांकि कार्यपनि छिटो शुरू हुने जानकारी गराए ।

दलु लवंहिति (ढुङ्गेधारा) समुद्घाटन कार्यक्रमको सभापति जेष्ठ नागरिक प्रेम मानन्धर, स्वागत मनराजा रन्जितले गरेका थिए भने सन्चालन क्लबका अध्यक्ष समितिका सदस्य मधुसुदन मानन्धरले गरेका थिए । कार्यक्रममा काठमाडौं महानगरपालिका-१५ का वडाध्यक्ष तथा प्रवक्ता ईश्वरमान डगोल, संरक्षण तथा जिर्णोद्वार उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर रंजित, समाजसेवी सुबणर्मान डगोल, गंगा रंजित, राजु खरेल र उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीयको उपस्थिति रहेको थियोे ।