Logo

बागमती पेज

माघ १६, २०७७ शुक्रबार

महेन्द्र मोरङलाई प्रदेशकै शैक्षिक गुणस्तरीय र आधुनिक क्याम्पस बनाउने छौं : अध्यक्ष पहाडी


काठमाडौं । महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियूका निवर्तमान अध्यक्ष नविन पहाडीले महेन्द्र मोरङलाई प्रदेशकै शैक्षिक गुणस्तरीय क्याम्पस बनाउन अनेरास्ववियू लागेको बताएका छन् ।

अनेरास्ववियू महेन्द्र मोरङ क्याम्पस कमिटीले गरेको बृहत विद्यार्थी भेलाको सम्बोदन गर्दै निवर्तमान अध्यक्ष पहाडीले क्याम्पसमा विगत देखिनै अनेरास्ववियूले विभिन्न काम गर्दै आएको बताएका छन् । उनले भने क्याम्पसमा चकको धुलोबाट विद्यार्थीले कसरपुणर् पठनपाठन हुँदा अनेरास्ववियूको पहलमा हामीले हरेक कक्षामा ह्वाईटबोर्ड राख्ने काम गरेका थियौं ।

हाल फि तिर्दा लाईन बसेर पालो पर्खदै कागजमा नाम टिपाउँदै बस्नु पर्दैन, भन्दै अनलाईन मार्फत विलिङहुने सम्मका कामहरु अनेरास्ववियूको पहलमा भएको जानकारी गराउँदै महेन्द्र मोरङ क्याम्पसलाई डिजिटल रुपमा अगाडी बढाउन अनेरास्ववियू सदैव लागि पर्नेछ ।

क्याम्स लाईब्रेरिमा कति किताब छन् ? के-के छन् ? भन्ने थाहा नभएको अवस्थामा हाल हरेक किताब कम्प्युटर सिस्टमबाट इस्यु र ईन्ट्री हुने सम्मका व्यवस्था अनेरास्ववियूको खबरदारीका कारण भएको समेत निवर्तमान अध्यक्ष नविन पहाडीलेस्पष्ट पारेका छन् ।

महेन्द्र मोरङको बृद्धि विकास र पठनपाठनलाई सुधार गर्दै प्रदेश नं १ कै राम्रो शैक्षिक धरोहरका रुपमा विकास गर्न अनेरास्ववियू आज भन्दा अगाडी पनि निरन्तर रुपमा लागेको थियो र आगामी दिनमा पनि लागि पर्नेछ ।

निवर्तमान अध्यक्ष पहाडीले क्याम्पसमा विद्यार्थीले तिरेकोे फिबाट विद्यार्थीले पाठ्यपुस्तक र आधारभुत आवश्यक्ता पाउनु पर्ने भन्दै विद्यार्थीको हक हितका अनेरास्ववियूले क्याम्पसमा खबरदारी गर्दै अगाडी बढ्ने बताएका छन् ।