Logo

बागमती पेज

माघ २३, २०७७ शुक्रबार

सिन्धुलीमा दुर्घटना: एकको मृत्यु, ३३ जना घाइते


फाईल तस्विर

काठमाडौं । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

घाईते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मरिण गाउँपालिका–२ सिन्धुलीका २५ वर्षीय प्रताप लोको उपचारको क्रममा काठमाण्डौं स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ सिमसार पाखास्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना भएको हो । जन्ती लिएर मरिण गाउँपालिका २ रातमाटेतर्फ जन्ती जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।