Logo

बागमती पेज

माघ २५, २०७७ आईतबार

बाल अपाङ्ग टेवाको सहयोगमा ईश्वरपुर नगरका २४ जनालाई ह्विलचेयर वितरण


काठमाडौं । बाल अपाङ्ग टेवा संस्थाको सहयोगमा २४ थान ह्विल चेयर वितरण गरिएको छ । संस्थाले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका भित्र अपाङ्गता भएका व्यत्तिहरुलाई चेयर निःशुल्क वितरण गरेको जानकारी संस्थाका उपाध्यक्ष धुर्वराज न्यौपानेले दिएका छन् ।

सर्लाही नेकपाका जिल्ला अध्यक्ष तथा समाजसेवी रेवती पन्तको प्रमुख आतिथ्यतामा ह्विल चेयर सहयोग गरिएको थियो । सर्लाहि काठमाडौं सम्पर्क मञ्चकी नेतृ तथा विगतदेखि नै समाजसेवामा सक्रिय रहेकी समाजसेवी सुसिला बस्नेत भण्डारीको पहलमा ईश्वरपुर नगरपालिका स्थित श्रीनगरका २४ जनालाई सहयोग गरिएको हो ।

सर्लाहिको ईश्वरपुर नगरपालिका श्रीनगरका अपाङ्ग अध्यक्ष राम कैलाश महतो भोलाले सहयोग गरेकोेमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्न अनुरोध गरेका थिए ।

ईश्वरपुर नगरपालिका १३ रामशरण महतोले काठमाडौंबाट सर्लाही सम्म आएर यहाँका असक्त र अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।

त्यसैगरी सहयोगी संस्था बाल अपाङ्ग टेवाका अध्यक्ष डेण्डी शेर्पाले आगामी दिनमा पनि आफूले सक्ने किसिमका सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता जनाएका छन् ।