Logo

बागमती पेज

माघ २६, २०७७ सोमबार

बागमती प्रदेश भित्रका युवाहरुलाई पत्रकारिता तालिम


काठमाडौं । बागमती प्रदेश भित्रका युवाहरुलाई पत्रकारिता तालिम दिईने भएको छ । मदन भण्डारी फाउन्डेशनले प्रदेश भित्रका १३ वटै जिल्लाका युवाहरुलाई पत्रकारिता तालिम दिने भएको हो ।

बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन र दोलखा जिल्लाका प्रत्येक स्थानीय तह बाट २० देखि २५ वर्ष उमेर समुहका युवाहरुलाई आधारभूत पत्रकारिता तालिम प्रदान गरिने भएको छ ।

उक्त तालिममा सहभागीहरुलाई पत्रकारिताको परिचय, लेखन सिप, फोटो पत्रकारिता, अनलाइन पत्रकारिता, स्थानीय तहमा नीति निर्माण र सुशासन जस्ता विषयहरुमा प्रशिक्षण प्रदान गरिने जानकारी फाउन्डेसनले दिएको छ ।

मदन भण्डारी फाउन्डेशनका अनुसार फागुन १ गते शुरु हुने तालिममा काठमाडौं, ललितपुर, भक्तपुर, काभेपलान्चोको तालिम हुनेछ । फागुन २ गतेबाट दोलखा, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधिहरुको तालिम हुनेछ । त्यस्तै फागुन ३ गतेबाट धादिङ, नुवाकोट र रसुवाको तालिम हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै मकवानपुर र चितवन जिल्लाको तालिम फागुन १० गतेबाट चितवनमै तालिम संचालन हुनेछ ।

काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमा फाउन्डेशनले आयोजना गरेको तालिम सफल र उपलब्धिमूलक भएकाले प्रदेश स्तरीय आयोजना गर्न लागिएको हो ।