Logo

बागमती पेज

माघ २८, २०७७ बुधबार

प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गर्न नपरोस् : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा प्रचण्ड-माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सभा कस्तो हुन्छ ओलीले भन्नुभयो केपी जी सभा कस्तो भयो देख्नुभयो ? विरोध कस्तो हुन्छ ? हामी आज यहाँ साथीहरूको जानकारी अनुसार ५ लाख हाराहारी उपस्थित भएका छौँ ।’

ओलीलाई चुनौति दिँदै प्रचण्डले भने प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्ने अर्को आन्दोलन गराउने बताए।

‘सर्वोच्च अदालतको न्यायधीहरूले पनि पनि जनताले के चाहेको छ भन्ने देखिसकेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनमा गयो भने के हुन्छ भन्ने बुझे हुने चेतावनी दिए’ उनले भने, ‘आजको जनताको उपस्थितिले संविधान र जनताको पक्षमा निर्णय गर्न सहयोग पुग्छ।’

‘सर्वोच्चको अदालतको निर्णय जनताको पक्षमा आएन भने नेपालमा कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ’ उनले भने, ‘ओलीको सनकको भरमा डराएर कसैले फैसला गर्दैनन्। जनताको आवाज नसुनेर ओलीको सनकलाई कसैलाई मान्दैनन्।’